
केबी महरा/काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व पत्रकार रबि लामिछाने ले फोहोरमा राजनीति नगर्न सबैमा आह्वान गरेका छन्। बर्षौ देखि काठमाण्डौले झेल्दै आएको फोहोरको समस्या बालेन शाह काठमाण्डौको स्वतन्त्र मेयरमा उदाएपछि झन् बिकराल बन्दै गइरहेको छ।
बिहीबार पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया का अवसरमा बोल्दै रबिले भनेका छन्, ” विज्ञप्ति सहित केही राजनितिक दलले फोहोरका विषयमा बोलेका छन्,फोहोर आफैमा फोहोर भएकोले फोहोरमा समेत राजनीति हुनु दुःखद् हो ” उनले भनेका छन्।
साथै उनले काठमाण्डौका मेयर बालेन् शाह प्रति संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सदैव राम्रो कामका पक्षमा वकालत गर्ने भएकाले नागरिक र राष्ट्रिय स्वतन्त्र पार्टी साथमा रहेकाले एक्लै भएको महसुस नगर्न आग्रह गरेका छन्।
साथै रबिले भनेका छन्,” फोहोर सफागर्ने कुरामा राजनीति घुस्नू जरुरी हुँदैन,फोहोर आफैमा फोहोर हो,त्यो भन्दापनि फोहोर राजनीति कसैले गर्छ भने त्यस्ताका बिरुद्द हामी छौँ, त्यसका लागि सल्लाह दिन , सहकार्य गर्न र साथ दिनका लागि तयार छौं।”
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४मा हुन लागेको प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी आह्वान गर्दै स्वच्छ विचार र छबि भएका, भिजन दिन सक्ने जो- कोहीलाई आफ्नो पार्टीको ढोका सदैव खुल्ला रहेको बताएका छन्।