काठमाडौं । शुक्रवार देशभर सार्वजनिक विदा दिइएको छ ।
गृह मन्त्रालयले शुक्रवार श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक विदा दिएको हो । शुक्रवार भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । जन्माष्टमीका अवसरमा शुक्रवार देशभरका कृष्ण मन्दिरमा मेला लागेको छ ।
तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर शुक्रवारश्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।
आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुने विश्वास छ ।



