
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनाइएका अनाधिकृत संरचना भत्काउन डोजर चलाइ रहेको छ ।
न्युरोडस्थित आरबी कम्प्लेक्स र रञ्जना गल्लीभित्र बनेका अनधिकृत संरचना समेत बुधबार भत्काएको छ । ३५ दिने ‘अल्टिमेटम’पछि पनि संरचना हटाउन अटेर गरिएको भन्दै महानगरले डोजर चलाएर भत्काएको जनाएको छ ।
पार्किङ प्रयोजनमा ल्याउने भनी नक्सापास गरिएका संरचनालाई व्यापारिक प्रयोजनमा ल्याइएको स्थानमा सन्चालित पसल, टहरा भत्काउन सुरु गरेको नगर प्रहरी बलका प्रमुख एवं एसपी राजुनाथ पाण्डेले बताएका छन् ।
महानगरका प्रमुख बालेन्द्र शाह र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीको उपस्थितमा अनाधिकृत संरचना भत्काइँदै छ ।