नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कदमलाई समर्थन गरेकी छन् । काठमाडौं महानगरपालिकाभित्र निर्माण गरिएका अवैध र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने बालेनको अभियानलाई उनले समर्थन जनाएकी हुन् ।

शुक्रवार सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूले बालेनलाई समर्थन गर्नुको कारण पनि पेश गरेकी छन् । उनले अब उपत्यकाका नदी किनारमा गरिएको अतिक्रमण हटाउन पनि बालेनलाई सुझाव दिएकी छन् । आफूले नदी किनारमा गरिएको अतिक्रमण हटाउन प्रयास गरे पनि पार्टीको दबाबमा स्थगन गरेको स्मरण गर्दै उनले बालेनलाई पटाडी नहट्न सुझाव दिएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ झाक्रीको सन्देश

मेरो समर्थन मेयर बालेन जीलाई !

१) यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने ।

२) मैले बागमति कोरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ ।

३) निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न प¥यो ।

४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन शुरू भएको थियो ।

५) मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौँ ।

६) सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ ।

७) मलाईजस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन ।

८) I am always with you, behind you. keep it up.

९) इमान्दार प्रयासहरू सफल हुन्छन् ।