झापा — झापाको हल्दिबारी गाउपालिका २ मा जंगली हात्तीको आक्रमणमा परी दुईजना घाइते भएका छन ।
आज विहान करिव साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको हल्दिबारी गाउपालिका वडा नम्बर २ का अध्यक्ष सुकलाल राजवंशीले जानकारी दिनुभएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिनुभयो । रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ । हल्दिवारीमा पछिल्लो समयमा हात्तीको जोखिम बढ्दै गएको छ ।



