दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारण सभाका अवसरमा विभिन्न लोककल्याणकारी नीति कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

सभामा संस्थाका उत्कृष्ट कारोबारीहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ । संस्थाले दमकको पशुपति सेवा सदनमा आज सोमबार आयोजना गरेको साधारण सभाले रिक्त रहेको एक जना सञ्चालक सदस्य पदमा देवेन्द्र चेम्जोगंलाई सर्वसम्मत चयन गर्दै संस्थाको बार्षिक कारोबारको प्रतिवेदन समेत अनुमोदन गरेको संस्थाका व्यवस्थापक प्रकाश रिजालले जानकारी दिए ।

 


दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षतामा भएको संस्थाको साधारण सभाले संस्थाका सदस्य सुत्केरी हुँदा दुई पटक सम्म तीन हजार रुपैयाँ सुत्केरी खर्च उपलब्ध गराउने नीति पारित गरेको छ । त्यस्तै संस्थाका सदस्यहरुलाई भैपरी आउने विभिन्न किसिमका प्राकृतिक प्रकोप तथा समस्याहरुमा राहत प्रदान गर्न संस्थाको राहत कोष स्थापना गर्ने , शेयर सदस्यहरुको मृत्यु हुँदा परिवारलाई नगद १५ हजार रुपैयाँ राहत प्रदान गर्ने, क्यान्सर , मुटुरोग सम्बन्धिको उपचारमा दिर्घरोग राहत स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने लगायतका नीतिहरु समेत पारित गरेको संस्थाका सञ्चालक राजु खडकाले जानकारी दिए । त्यस्तै सभाले पाँच जना खराब ऋणीलाई कालोसूचीमा राख्दै ऋण असुल उपरका लागि प्रकृया अघि बढाउने पनि निर्णय गरेको छ ।

२०६९ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल ३ हजार ६ सय ४८ जना सदस्य संख्या पुगेका छन भने शेयर पुँजी ३ करोड ३६ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको सभामा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्त सम्मा संस्थाामा कुल २४ करोड ११ हलाख ९० हजार रुपैयाँ निक्षेप जम्मा भएको पनि प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष निरौलाले बार्षिक प्रतिवेदन पेश गरेका थिए भने लेखा संयोजक गणेश पाठकले लेखा प्रतिवेदन पेश गरेका थिए । सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उदोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, राष्टिय सहकारी बैंक दमककी प्रमुख मुना केसी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । सभाको सञ्चालन उपाध्यक्ष रेवतचन्द्र भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय