भद्रपुर, कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर–१० स्थित संगठनको कार्यालय परिसरमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो । यस वर्षको स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट झापा कमल–६ निवासी सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ झापाका पुर्व सह–सचिव, प्रेस चौतारी नेपालको प्रदेश नं १ समितिका महासचिव, आर्थिक पत्रकार समाज झापाका उपाध्यक्ष गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कार जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान गरिएको छ ।
पत्रकार गोपाल झापाली सम्मानसहित पुरस्कृत
सवाल नेपाल डेस्कसंवाददाताबुधबार, १५ भदौ २०७९

पत्रकार गोपाल झापाली सम्मानसहित पुरस्कृत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



