बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा अहिलेसम्मकै सबैभन्दा बृहत रथयात्राको तयारीलाइ तिब्र बनाईएको छ । गतबर्ष रथमा समस्या आएपछि यो बर्ष त्यस्तो समस्या निम्तन नदिनका लागि रथका चक्काहरु समेत दक्ष कालिगढहरु ल्याएर बनाइएको छ । रथ पूर्ण रुपमा तयारी भइसकेको रथयात्रा मूल समारोह समितिका सचिब प्रेमप्रसाद भट्टराइले बताए ।

उनका अनुसार रथयात्रालाइ ब्यवस्थित गर्नका लागि दर्जनौ उप समिति बनाएर कामहरु द्रुत गतिमा भइरहेकाछन् । साउन ३० गते भब्यरुपमा कृष्णअष्ठमी मनाइने र ३१ गते रथयात्रा गराइने कार्यक्रम रहेको भट्टराइले जानकारी दिए । यो दमकका लागि गौरव बन्ने समेत उनको दाबी रहेको छ ।

बिगतमा जस्तो रथमा समस्या नआउने र करिब १० लाखको लागतमा बाहिरबाट कालिगढ ल्याएर यो बर्ष रथ निर्माण भएको रथ निर्माण उपसमितिका संयोजक रोहित आचार्यले बताए । साढे १८ फूट लम्बाइ रहेको रथको चक्का फलामको र जतापनि घुम्ने हाइड्रोलिक रहेको उनले जनाकारी दिएकाछन् ।

करिब २५ देखि ३० हजार भक्तजनहरु रथयात्रामा सहभागि हुने अनुमान रहेको मुल आयोजक समितिका संयोजक मानबहादुर बुढाथोकीले बताएकाछन् । उनका अनुसार सडकमा भएका खाल्डाखुल्डि पुर्ने देखि लिएर तारको ब्यवस्थापन गर्नेसम्मका सबै तयारीहरु पुरा भएकाछन् ।

सरोकारवाला निकाय तथा ब्याक्तिहरुसंग बारम्बार दैनिकजसो छलफल भइरहेको छ । दमकमा रथयात्राको संस्कार शुरुवात गर्नका लागि ब्यवस्थित गरेर जनसागर उतार्ने लक्ष्य रहेको बुढाथोकीको भनाइ रहेको छ ।

सुरक्षा तथा स्वयंसेवक परिचालनको जिम्मा घनेन्द्र सुब्बालाइ र प्रचारप्रसारको जिल्लामा पंण्डित चक्रपाणि गौतमलाइ दिइएको छ । अन्य बिभिन्न उपसमितिहरु बनाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah