काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दु:खित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।
महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।
https://twitter.com/SherBDeuba/status/1568036440445157376?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1568036440445157376%7Ctwgr%5Ed901aaf2648133ac49ee365dd11ab9da5c8f6805%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F75408%2F2022%2F9%2F9%2Fqueen-elizabeth-nepal-has-lost-a-great-admirer










