
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दु:खित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।
महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।
It is with great sadness I have received the news of her passing away. Queen Elizabeth II distinguished herself with duty, honour and service.
The Queen is fondly remembered in Nepal for her two important state visits in 1961 and 1986.— Sher Bahadur Deuba (@SherBDeuba) September 9, 2022