काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने बताउनुभएको छ ।

शुक्रवार विहान पोखरा पुग्नुभएका अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताउनुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर राष्ट्रपतिसँग केही दिनअघि भएको भेटमा यसलाई ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको पनि उहाँले जानकारी दिनुभयो । त्यसैले प्रमाणीकरण नगर्ने सम्भावना पनि रहेको उहाँको भनाइ छ । दोस्रोपटक पनि प्रमाणीकरण नगरे अदालत जाने या राजीनामा गर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुयो । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था नदिएको उहााँके भनाइ थियो ।

“राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात वर्षे प्रावधान राख्नुपर्छ भनेर हामीले नै भनेका हौँ,” उहाँले भन्नुभयो, “यो एमालेको पहलमा होइन, माओवादीको पहलमा यो प्रावधान राख्नु उचित हुन्छ भनेर बहुमतले निर्णय गरेको हो । तर त्यसमा सर्वसम्मत हुन सकेन । अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार दिएको छैन । एकपटकलाई दिएको हो त्यसमा प्रतिनिधिसभा र राष्ट्रय सभाले फेरि पठाएको छ ।”