काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् ।

उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

उनले आफ्नो फेसबुकमार्फत् यस्तो बताएका हुन् । काठमाडौँको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको फोटो राख्दै उनले राष्ट्रपति र अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् ।

‘आदरणीय माधब नेपाल ज्यु तथा सम्माननीय राट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’, उनले लेखेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर