केबि महरा/ काठमाडौ : बालबालिका लक्षित Let’s Read एप्स का बारेमा धेरैलाई थाह नहुन सक्छ । प्रविधिको युगमा जुनसुकै कारणले गर्दा बालबालिकाहरु स्तरिय र ब्यबहारिक शिक्षा आर्जन गर्न बाट बन्चित नरहुन् भन्ने अभिप्रायका साथ ‘लेट्स रिड ‘ Let’s Read एप्स ले नौलो आयाम थपेको छ । बालबालिकाहरुले अधिक समय मोबाईलमा अनावश्यक गेम तथा भिडियोहरु हेरेर बिताउने गरेकाले उनिहरुको मानसिक स्वास्थमा गम्भीर असर पर्न सक्ने हुँदा उक्त समयको सहि सदुपयोग गर्न लेट्स रिड एप्स सहयोगी बन्न सक्छ।
गुगल प्ले स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिने र अफलाईन समेत पढ्न मिल्ने भएकोले पनि बालबालिकाहरुका लागि यो एप्स बढी उपयोगी बन्न सक्छ ।
आम अभिभावकहरु व्यस्तताका बाबजुत आफ्ना बालबालिकाहरुले केही सिकुन् भन्ने चाहिरहेका हुन्छन्, बालबालिकाको भविस्य प्रती चिन्तित उनिहरुले शिक्षामा यथासक्य लगानी समेत गरिरहेका हुन्छन यस्तो अवस्थामा बालबालिका हरुका लागि मनोबैज्ञानिक आधारमा शिक्षा प्रदान गर्न Lets Read एप्स को थालनी गरिएको एसिया फाउन्डेसन कि सिनियर एड्मिनिस्ट्रेशन तथा बुक फर एशियाका रुपमा कार्यरत समिरा राजभण्डारीले जानकारी दिनुभएको छ ।
उक्त Let’s Read एप्समा नेपालका सात वटा भाषामा र विस्वका थप ५२ भाषामा किताबहरु पढ्न सकिन्छ । यो फ्री डिजिटल लाईब्रेरी का रुपमा स्थापित समेत हुँदै गैरहेको छ ।
जसमा स्थानिय लेखक तथा भाषाविद हरु सङ्गको सहकार्यमा किताब तयार पारिन्छ ।
देसको भौगोलिक अवस्था अनुसार सर्वसुलभ तरिकाले शिक्षामा सबै बालबालिका हरुको पहुँच पुगोस् भनेर यो एप्सको सुरुवात गरिएको हो ।
शैक्षिकशत्रको अन्त्य सम्म पनि दुरदराजका बालबालिका हरुले किताब पढ्न बाट बन्चित हुनु परेकोले Lets Read एप त्यसको बिकल्पको रुपमा बालबालिकाको सहयोगी शैक्षिक सामग्री बन्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय