भरतपुर महानगरपालिकाका मेयरका उमेदवार रेणु दाहाललाई फेसबुकमार्फत गालीगलौज गरेको भन्दै अर्का उमेदवार देवी ज्ञवालीका छोरा पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमालेका उमेदवार रहेका देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
एमाले उमेदवार ज्ञवालीले आफ्नो छोरालाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको बताए । उनले आफ्नो छोराले त्यस्तो कुनै गलत काम नगरेको बताए ।

“आफै मतपत्र च्यात्ने दोष अर्कालाई लगाउने यो नकचरो काम हो । यो सडकमा लुगा खोलेर नाङ्गै हिँडेजस्तै हो भनेर लेखेको रहेछ,” देवी ज्ञवालीले बाह्रखरीसँग कुरा गर्दै भने, “त्यो कुरा केहीबेरपछि मेटिसकिएको थियो तर पनि पक्राउ गरेर राज्य आतंक सिर्जना गरिएको छ ।” काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि उजुरीका आधारमा उनलाई बुधबार पक्राउ गरिएको बताए ।

उनले साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको बताए । यसैबीच जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि स्थगित निर्वाचन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका तर्फबाट ज्ञवाली उमेदवार छन् भने नेकपा माओवादी केन्द्र र कांग्रेसको समर्थनमा दाहाल उमेदवार छन् । भरतपुर महानगर १९ नम्बर वडाको पुनः मतदान शुक्रबार हुँदैछ । चुनावको पूर्वसन्ध्यामा निर्वाचनन प्रभावित पार्नेगरी उमेदवारकै छोरालाई पक्राउ गरिएको भन्दै एमालेका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah