काठमाण्डाै - कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठूलो पानी परेका जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रमा आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

भोलि र पर्सि कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://twitter.com/DHM_FloodEWS/status/1573464247907930112?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1573464247907930112%7Ctwgr%5E89e8e7834131d6418d35c1feaf7cf88064a66c47%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F76105%2F2022%2F9%2F24%2Fheavy-rain-in-some-places-of-kaski-tanahun-palpa