
काठमाण्डाै – कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ ।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो पानी परेका जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रमा आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।
आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
भोलि र पर्सि कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज ८ बिहान ५;४० बजे
पछिल्लो १ घण्टा कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही स्थानमा भारी बर्षा भएको छ, सो जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी हुन सक्छ, बिहान ९ बजे सम्म साना नदीतटिय क्षेत्रमा रहनुहुनेहरू र यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाऔ pic.twitter.com/gx44CO2Gpy— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 24, 2022