बंगलादेशी मोडलले आत्महत्या गरेकी छिन्। २२ वर्षिय रिसिला बिन्ते वाजरले आफ्नो श्रीमानसँग भिडियो च्याट गर्दै गर्दा कोठामा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन्।

उत्तर बड्डा ढाकाको अपार्टमेन्टमा बस्दै आएकी उनले सोमबार दिउँसो दुई बजे आत्महत्याको कोसिस गरेकी थिइन्। आफन्तले युनाइटेड अस्पताल पुर्याजउदा उनलाई मृत घोषणा गरेको हो। उनको शरीर पोस्टमार्टमका लागि ढाका मेडिकल कलेज पुर्‍याइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् २०१२ बाट उनले र्यानम्प मोडलिङ सुरु गरेकी हुन्। हाल उनी अतिश दिपांकर विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य अध्ययनरत थिइन्। रिसिलाको ३ वर्षिय छोरी पनि छ। जो हजुरबुवा हजुरआमासँग बस्दै आएकी छिन्। इन्डिया टाइम्सले जनाए अनुसार बिन्ते र उनको श्रीमानबिच सम्बन्ध बिग्रिएको थियो।

रिसिलाले आफ्नो इन्सटाग्रामको बायोमा लेखेकी छिन्,'गुड सोल ह्याप्पियस्ट'।