मेष– यो साता सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृष– यो साता आफन्त सँग भेटघाट हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग घिउ रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन– यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य र यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट– यो साता कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह– यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक क्षेत्रको काम अघि बढ्नेछ । शेयरबजार प्रति आकर्षण बढ्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या– यो साता पदोन्नतिको सम्भावना प्रवल छ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शेयर बजारबाट पनि लाभ नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला– यो साता अचल सम्पत्ति हात पर्नेछ । नयाँ कार्य प्राप्तिको योग रहेकोछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक– यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ । यात्रा र भ्रमण को योग पनि छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शन गर्नाले राम्रो हुनेछ ।

धनु– यो साता सफल यात्राको योग छ । राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर– यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ– यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिन–यो साता बन्न लागेको काम बिग्रनसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुन्छ ।

-ज्योप नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय