दमक,२३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परास्त गरि देशमा स्थिरता ल्याउन एमालेको जित आवश्यक भएको वताएकाछन् ।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता पछि आज अपरान्ह दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफनो जित सुनिश्चित रहेको दाबी पनि गरे । बिकास र समृद्धि ल्याउन एमाले मात्र देशको सक्षम पार्टी भएको उनको भनाई थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओलीले २०७४ मा बनेको आफनो नेतृत्वको सरकार अराष्ट्रिय तत्वहरुले विघटन गराएर कम्फरटेवल सरकार बनाएको भनि गठबन्धन दलको आलोचना गरे । गठबन्धनको नाममा देशमा अराजक स्थिति पैदा भएको छ , यसको अन्त्यका लागि अव स्थिर सरकार वन्नुपर्ने उनको विचार थियो ।

अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गरेका उनले भने, –‘ एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्देन, जनताले थाहा पाईसकेका छन् ।’

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गरेका थिए । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा आइपुगेका थिए ।