काठमाडौं । सूर्य ग्रहण आइसल्याण्डबाट शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ः२० बजेबाट सूर्यग्रहण शु भएको हो ।

भारतमा स्थानीय समयअनुसार ४ः२९ बजे शुरु हुनेछ भने नेपालमा ४ः४७ मिनेटमा देखिनेछ । काठमाडौंमा ४ः५४ मिनेटमा देखिनेछ । यस्तै पोखरामा ४ : ५१मा, भद्रपुरमा ४ः५८,जनकपुरमा ४ः५८, महेन्द्रनगरमा ४ः४७ बजे सूर्य ग्रहण देखिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ । काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैन । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय