कालीकाेट - कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा दुई जना बालिकाकाे ज्यान गएकाे छ । तीन बालबालिका जना घाइते भएका छन् ।

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाकाे ज्यान गएकाे हाे । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे।

घाइते बालबालिकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।