निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुनः स्पष्टीकरण सोधेको छ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डलाई प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दुबैजनालाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुबै उम्मेदवारलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ । लोकान्तर बाट साभार