रत्न राज्य लक्ष्मी (आरआर) क्यामपस प्रदर्शनी मार्गका एक प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका समाजशास्त्रका प्राध्यापक विष्णु आचार्य पक्राउ परेका हुन् ।
आचार्यलाई क्याम्पस अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरआर क्यामपसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेको महानगरीय पहरी परिसर काठमाण्डुका डिएसपी शिद्धीविक्रम शाहले जानकारी दिए । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



