गायिका कोमल वली नेपाली लोक गीतको फाँटमा चर्चित लोकप्रिय नाम हो । उनले गाएका दर्जनौं लोक गीत चर्चित छन् । सञ्चारकर्म छोडेर अहिले राजनीतिमा समेत होमिएकी वली  तिजका गीतका सन्दर्भमा भने सँधै विवादमा आउँछिन् । गीतमा प्रयोग गरेका शब्दलाई लिएर उनको टिप्पणी हुनेगरेको छ । तर, उनी भने लोक गीत/संगीत भनेको ठेट भाषा र भाका भएको भन्दै त्यसलाई अहिलेको पुस्ताले प्रयोग गर्दै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको तर्क गछिन् । उनले यो वर्ष पनि ‘चाहिएन र पोई…’ र ‘म त नाच्दिन के रे…’ बालेका दुईटा गीत गाएकी छन् । वलीसँग उनका गीतप्रति हुँदै आएको टिप्पणी र तिजका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः (बाह्खरीबाट साभार)

तीजको पूर्वसन्ध्यामा हुनुहुन्छ । कत्तिको व्यस्त हुनुहुन्छ ?
दुईटा गीत निकालेको छु । एउटा बहिनी प्रज्ञासँग गाएकी छु ।  दुवै गीत सुपरहिट भइरहेका छन् । तिजका कार्यक्रमहरुमा बेलाउनुहुन्छ । बोलाएका कार्यक्रममा समय मिलेसम्म सहभागी भइरहेकी छु ।

राजनीतिमा पनि हुनुहुन्छ । तिजका गीत पनि गाइरहनु भएको छ, समय व्यवस्थापन गर्न कत्तिको कठिन हुँदोरहेछ ?
निकै व्यस्त छु । राजनीतिक कार्यक्रम र तिजका दुवै कार्यक्रममा सहभागी भइरहेको छु । स्थानीय तहको निर्वाचन सकिएकाले अहिले जिल्लाजिल्लामा कार्यक्रमका लागि जानु नपर्ने भएकाले पनि केही सजिलो भएको छ । त्यसैले यो समय तिज र समाजिक कार्यक्रममा सहभागी भइरहेकी छु ।

पछिल्लो समयका तिजका गीतलाई यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ?
संख्यात्मक रुपमा बृद्धि भएको छ । १३ सयको संख्यामा तिज गीत आएका होलान । आधुनिक, रक, पप सबै गायिकाहरुलाई पनि तिज गीतले छोएको छ । यसको अर्थ तिजको महत्व बढेको छ । तर, संख्यामा जसरी बृद्धि भयो त्यो अनुपातमा गुणस्तरमा भने बृद्धि हुनसकेको छैन । तिज गीत तिज गित जस्ता पनि छैनन् । रत्यौली पारका गित आएका छन् । दोहोरी भाकामा पनि तिज गीत गाइएका छन् । कुन तिज गीत हो र कुन होइन भनेर आम स्रोता तथा दर्शक र सञ्चार माध्यमले छुट्याउनु पर्ने बेला भएको छ ।

तिज गीतको प्रसंग आउँदा यहाँको पनि सँधै टिप्पणी हुन्छ । प्रयोग नगर्दा हुने शब्द पनि प्रयोग गर्नुहुन्छ भनिन्छ । हो ?
लोक गीतमा प्रयोग गर्ने टिपिकल शब्द नै हो । गीत भनेको मौखिक कथ्य साहित्य हो । बोलेर एउटा पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने हो । जस्तो पोई भन्दै शब्द हराउन लाग्यो । लोग्ने भनिन्थ्यिो त्यो पनि लोप हुन लाग्यो । आजकालका युवायुवती श्रीमान्लाई ‘हबी’ भन्न थालिसके । जसले पढेलेखेका छन् र आफूलाई इलिट वर्गको सम्झन्छन्उनीहरुले आफ्नै भाषा बोलिरहेका छन् । तर, म संस्कृतिकर्मी र लोकसंगीतमा भएकाले मौलिक शब्दहरु नै प्रयोग गर्छु ताकी यो अर्को पुस्ताले थाहा पाओस । बोलीचालीका शब्दहरु हराउन थाले । हामी पहिला अमिलोलाई चुकिलो भन्थ्यौं त्यो अहिले हराइसक्यो । मेरा गीतमा पोई, लोग्ने, स्वास्नी जस्ता शब्द हुन्छन् उसले महिलालाई हिनता बोध र अपमानित गर्दैनन् भनेर नै प्रयोग गर्नेगर्छु ।

तपाइँले पशुपति शर्मासँग गाएको र अभिनय गरेको तिज गीतले तिज गितलाई कमेडी बनाइदियो भनेर टिप्पणी गर्नेहरु पनि छन् नि !
होइन । मेरो गीत र भिडियो दुबै कमेडि छैन । मेरो जीवनसँग मिल्ने गीत छ । श्रीमानसँग अविवाहितले शिवजीसँग माग्ने श्रीमान् नै हो । त्यहाँ त्यही छ । राजनीतिमा म लागेको हुनाले त्यहाँ पोस्टर निर्देशकले देखाएका छन् । अरु गीत, अभिनय र समाज सेवाका दृश्य छन् । सबै रियल दृश्य हुन् ।

तिज गीतमा मौलिकता हराउँदै गयो । अब यसको जगेर्ना गर्ने समय आएको हो ?
गायक गायिकाले सोच्ने बेला आएको छ । लय शब्द बनाउने सर्जकले पनि सोच्ने बेला आएको छ । तिज केका लागि हो र तिज गीत कस्ता हुनुपर्छ भनेर गम्भीर रुपमा लिने बेला आएको छ । जसरी तपाइँले किन अस्लिल प्रकारका गीत आए भनेर प्रश्न उठाइरहनु भएको छ, यो चासो सबैले लिने बेला आएको छ । यसरी सबैले चासो राख्दै आएपछि पक्कै पनि सुधारको बाटोतर्फ सबै लाग्नुहुन्छ ।

यो विकृति रोक्न गीतसंगीतको क्षेत्रमा काम गरिरहेका संघस्थाहरुको जिम्मेवारी हो कि होइन ?
यो अधिकार कसैलाई नि छैन । गीत गाउन पाउने सबैको अधिकार हो । मानव अधिकारबाट कसैलाई बञ्चित गराउन पनि हुँदैन । व्यक्ति स्वयम सचेत नभएसम्म यो नियन्त्रण पनि हुँदैन । कसैले म ‘न्याकेड’फोटो खिचेर राख्छु भन्यो पनि त्यो उसको अधिकार हो । यहाँ महत्वपूर्ण पक्ष के हो भने आफ्नो अधिकारको नाममा कर्तब्य भुल्नु हुँदैन । तिजसँग जोडिएर कुरा गर्दा तिजको मौलिकता नै अतिक्रमण गर्ने गरि पनि आफ्नो स्वतन्त्रता उपभोग गर्नु हुँदैन ।

सांगीतिक संघ, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान, संगीत एकेडेमीलाई पनि यो अधिकार छैन । मैले आवाज उठाइरहेको कुरा पनि यही हो । संगीत विकास बोर्ड चाहिन्छ जसले गीत संगीतमा आएको विक्रितीलाई नियन्त्रण गरोस् भन्दा त्यो बनाइएन । म ठाउँमा पुगेछु भने बनाउँला नि ।

तीन महिना अगाडि नै गीत निकाल्ने र एक महिना अगाडि नै दर खाँदै हिड्ने चलन बढेर गयो । यसमा के छ तपाइँको भनाइ ?
एक महिना अगाडि देखि नै दर खानु नराम्रो होइन । महिलाहरु व्यस्त हुन्छन् । दिनको १८ घण्टा घरमा काम गर्छन् । त्यसैले तिजको अवसरमा भेला भएर दर खान्छन् भने त्यसलाई हामीले विकृतिको रुपमा लिनुहुन्न । महिलाहरु संगठित हुने यो अवसर हो । महिलाहरु मिल्दैनन्, एकले अकार्को कुरा काट्छन् भनेर उनीहरुको टिप्पणी भइरहेका बेला यसले त्यो मान्यतालाई भत्काइदिएको छ ।

यसले महिलाहरुलाई संगठित बनाएर आफ्नो काम र व्यवसायको प्रचार पनि त्यहीँ गरिरहेका हुन्छन् भने सीप विकासका कुरा गरिरहेका देखिन्छ । यसले उनीहरुलाई विकासको बाटोतर्फ नै हिँडाइरहेको छ ।

१५ जना महिला भेला भएर १५ दिन नै दर खाने प्रचलन विकास हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ र ?
पुरुषहरु सँधै रेष्टुरेण्टमा गएर खाइरहेका हुन्छन् नि । त्यसैले महिलाहरु भेला भए भने त्यसलाई नकारात्मक रुपमा लिनु हुँदैन । महिलाहरुले पनि म यसको विरोध गरिरहेको देखेको छु । केही वर्ष अगाडि अख्तियारले पार्टी प्यालेसमा दर खान नपाउने भनेर भनेको थियो । अख्तियारकारको कुरा हो र यो ? मैले यसविषयमा सार्वजनिक कार्यक्रममा पनि बोलेको थिएँ झापामा । जीवन नै परिवारलाई समर्पित गर्ने महिला दुई दिन साथीभाई तथा आफन्तकोमा गएर बस्नुलाई नकारात्मक रुपमा लिनु नै गलत हो ।

अन्तिममा केही भन्नुहुन्छ ?
तिजलाई महिला शक्तिकरणका रुपमा मनाउनुपर्छ । महिलाहरु सशक्त हुनुपर्छ । श्रीमान् श्रीमतीबीचको उपाहार आदान प्रदान गनाले सम्बन्ध झन गहिरो हुन्छ । ब्रत बस्दा स्वास्थ्यलाई ख्याल गर्नुस् । तिजलाई पारिवारिक सम्बन्ध बलियो बनाउने र एक अर्काप्रति समर्पित हुने चाडका रुपमा मनाउन आग्रह गर्छु र मेरा तिज गीत सुनेर साथ दिन पनि अनरोध गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah