नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट भएको छ।

बुधबार बेलुकी ८:१० बजेतिर घरभित्र बम बिस्फोट भएको हो। नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए।

घाइते दुवैजनाको भेरी अस्पतालना उपचार भैरहेको छ। बम बनाउने कार्यमा संलग्न अन्य ३ जना घाइते भएको प्रहारीले जनाएको छ। उक्त घरमा अर्को एउटा पनि बम भेटिएपछि अहिले नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले डिस्पोज गर्ने तयारी गरेको छ।