अहिले साइबर क्राइमको बिषयमा बहस भएको छ । भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्वार रेणुप्रसाद ज्ञवालीका छोरा निरवलाइ पक्राउ पनि गरिएको छ ।
उनले अपशब्द प्रयोग गरेर माओबादी केन्द्रकी उम्मेदवारको चरित्र हत्या गरेको आरोप लगाईएको छ । अहिले सामाजिक सञ्जालमा एक ब्याक्तिले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा हार्दिक श्रदान्जली भनेर लेखेको स्क्रिनसट भाइरहल भइरहेको छ ।
सरकारको र प्रहरीको आलोचना भइरहेको छ । मोहन सुनारले माथि ओलीको तस्विर र तल आगो दन्केको फोटो हालेर ओलीलाइ श्रद्घाञ्जली लेखेकाछन् । तस्विर सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएको हो । अर्जुन मगर, दमक



