पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले विश्वकपमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नखेलाउने संकेत गरेका छन्।

आइतबारदेखि सुरु हुने फिफा विश्वकप फुटबलमा म्यानचेष्टर युनाइटेडका फरवार्ड रोनाल्डोलाई नखेलाउने संकेत गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोनाल्डो पछिल्लो समय मैदानभित्र मात्र हैन बाहिर पनि खराब लयबाट गुज्रिरहेका छन्। उनले यो सिजन मात्र ३ गोल गरेका छन्।

३७ वर्षीय रोनाल्डोले पछिल्लो समय दिएको अन्तर्वार्ताले पनि अहिले उनी चर्चामा छन्। यो सिजन संघर्ष गरिरहेका पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डो खेल्न बाध्य नहुने उनले बताएका हुन्।

एक अन्तर्वार्तामा प्रशिक्षक सान्तोषलाई रोनाल्डोलाई खेल्न बाध्य बनाइएको हो भनेर सोधिएको प्रश्नमा उनले उनलाई खेल्न बाध्य नपारिएको जवाफ दिएका थिए।

पोर्चुगलले आगामी बिहीबार घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।