सशस्त्र द्वन्द्वका क्रममा छोराको मृत्यु भएको नक्कली कागजात बनाएर १० लाख रुपैयाँ राहत लिने स्याङ्जाको श्रीकृष्णगण्डकी ९ की गीता भट्टराईले रकम फिर्ता गरेकी छन् ।

२०४८ जेठ १३ सालमा झटारोले लागेर मृत्यु भएका राजेन्द्र भट्टराईको २०५३ जेठ १३ को मितिमा मृत्यु दर्ता गराई उनको परिवारले द्वन्द्व प्रभावितको नाममा १० लाख रुपैयाँ राहत लिन सफल भएको थियो । शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट आएको रकम स्थानीय प्रशासनले राजेन्द्रकी आमा गीता भट्टराईको खातामा जम्मा गरेको थियो ।

नक्कली द्वन्द्वपीडितको नाममा राहत लिएको समाचार समाधान दैनिकमा प्रकाशित भएपछि गीताको बैंक खाता रोक्का गरिएकोमा बुधबार रकम फिर्ता गरेको स्याङ्जाका सहायक सिडिओ यामप्रसाद सुवेदीले बताए ।

गीताको फर्जी कागजात बनाइ शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पाँचौं प्रतिवेदनमा नाम लेखाउन सफल भइ राहत समेत बुझेकी थिइन् ।

प्रशासन कार्यालयले कालिगण्डकी गाउँ पालिकामा रहेको मुक्तिनाथ विकास बैंकको खाता रोक्का गरेपछि भट्टराईले पैसा खोजेर प्रसासन कार्यालयको नेपाल बैंक लिमिटेडको ४२–४१–१४९६ नम्बर खातामा रकम दाखिला गरेको सुवेदीले बताए ।

छोराको मृत्यु दर्ता लगायत सबै नक्कली कागजात बनाइ रकम बुझेपछि गल्ती गरेको महसुस गरेर रक फिर्ता गरेको भट्टराईले बताइन् । अरुको लहैलहैमा लागेर रकम लिएको उनले स्वीकार गरिन् ।

स्थानीय शान्ति समितिले प्रहरी प्रतिवदेन बिना नै राजेन्द्रको नाम शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पठाएको र सोही अनुसार राहत रकम उपलब्ध गराइएको हो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सूचना अधिकृत दुर्गा भुर्तेलले नक्कली कागजाताको आधारमा रकम लिनेलाई हदैसम्मको कारबाही हुने बताए । उनले घटनासँग जोडिएको सबै पक्षबीच छलफल गरी कारबाही गरिने जनाए ।

२०४८ जेठ १३ गते मृत्यु भएको राजेन्द्रको ५ वर्षपछि २०५३ जेठ १३ को मृत्यु दर्ता गराइ १० लाख रुपैयाँ लिएर राज्यको रकम दुरुपयोग गरेको स्थानीय इन्द्र थापाले बताएका छन् । राजेन्द्र र छिमेकी रेश्मीराज भट्टराई आँप खान बगैंचामा गएको बेला रेश्मीले फालेको झटारोले लागेर राजेन्द्र घाइते भएका थिए ,समाधानमा उल्लेख छ ।

त्यही क्रममा अत्यधिक रगत बगेपछि उपचारको अभावमा मृत्यु भएको थियो । राजेन्द्रको मृत्युपछि दोषी ठहरिएका रेश्मीलाई भवितव्य मुद्दामा अदालतले २ वर्ष जेल सजाय तोकी भुक्तानी गरेको जिल्ला अदालतको रेकर्डमा देखिएको छ । सजाय भोगेका रेश्मीको भारतमा नोकरीमा गएको अवस्थामा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah