इटहरी–सीमाना कायमको विषयलाई लिएर धरान र इटहरीबीच बिवाद देखिएको छ । धरानका जिम्मेवार राजनीतिकदलले केहि दिन अघि सेउती पुल नजिक भएको इटहरीको सिमाना बोर्ड उखेलिदिए पछि विवाद बढेको हो ।

बर्षौदेखि इटहरी र धरानको सीमाना सेउतीखोलको पुललाइ मानिँदै आएकोमा यस पटक धरान कांग्रेसका सभापति तिलक राईको नेतृत्वमा सिमानाको विबाद सुरु गरिएको छ ।

सेउतीपुलबाट दक्षिण इटहरी तर्फ इटहरी उपमहानगरपालीकाले राखेका स्वागत बोर्ड उखेलेर राई नेतृत्वको टोलीले लगेको छ र सेउती खोलबाट दक्षिण पानीपीया सम्मको सबै जंगल क्षेत्र धरानको भएको दाबी गरिएको छ ।

धरानका राजनीतिक दलले आपसी सहमति र छलफल बिनै पुर्वाग्रहि ढंगले आप्mनो बोर्ड हटाएको भन्दै इटहरीका १० राजनितिकदलले संयुुक्त प्रेस विज्ञप्ति निकाल्दै त्यसको प्रतिवाद गरेका छन् ।

उनीहरुले कुनै पनि समस्याको समाधान छलफलबाट हुने भन्दै इटहरीको प्रतिनिधित्व गरेको बोर्ड हटाउँदा इटहरीका जनाताको भावनामा ठेस पुुगेको बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय इटहरीले पनि सेउती पुलसम्म हेर्ने र त्यसमाथि धरानको प्रहरीले हेर्ने गरेका छन्।
नेपाली काँगे्रस इटहरी नगर सभापति हेमकर्ण पौडेलले यो अरु कुनै कुरा नभएको भन्दै धरानले थालेको पानी राजनीति स्पष्ट भएको बताए ।
उनले जिआइएसको नक्सालाई आधार मानेर सिमाना सार्ने कामभएको भन्दै वर्षौँ देखि कायम भएको सिमानाका विषयमा झगडा गर्न खोजे आफुहरुले पनि दशौं प्रमाण पेस गर्ने बताए ।

त्यस्तै एमाले इटहरी नगर अध्यक्ष रेवती प्रसाद घिमिरेले धरानलाई पानी नै चहिएको हो भने पनि आफुहरु पानी दिन तयार रहेको तर पानी भएको जमिन दिन भने कत्ति पनि तयार नभएको जिकिर गरे । राजनीतिक दलले संयुक्त रुपमा कडा आन्दोलन थाल्ने तयारी गरेका छन् ।

इटहरी र धरान बीचमा पर्ने सेउती खोलालाई वर्षौ देखि सिमाना कायम गरिएको थियो । तर अहिले आएर धरानले आप्mनो नक्सामा करिव ५ किलोमिटर सम्मको समथर पानीको स्रोत रहेको भुभाग आफुतिर पार्ने गरि सिमाना सार्ने प्रयास गरे पछि विवाद उत्पन्न भएको हो ।

इटहरी र धरानबीचको सीमा विवाद सतहमा आएको यो नै पहिलो घटना भने होइन । दुई वर्षअघि उप–महानगरपालिका घोषणा भएलगत्तै इटहरीले सेउती पुल नजिकै इटहरीले आफ्नो स्वागत बोर्ड राख्दा पनि धरानका केही राजनीतिक दलका प्रतिनिधिले विरोध जनाएका थिए । रातो पाटी बाट सभार गरिएको ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय