वैज्ञानिकहरूले मनुष्यको हातका बारेमा रमाइलो कुरा पत्ता लगाएका छन् । तपाईंको व्यक्तित्व हातमा लुकेका हुन्छन् । अझ सिधै भन्नुपर्दा रहस्य त तपाईंको साहिँली औंलो अर्थात् अनामिकामा छ ।

साहिँली औंलोको लम्बाई तपाईं आफ्नी आमाको गर्भमा रहँदा कति शक्तिशाली हुनुहुन्थ्यो भन्ने कुराले निर्धारण गर्छ । टेस्टोस्टेरोन शक्तिले तपाईंको व्यक्तित्वमा ठूलो प्रभाव पार्छ ।
हात तीनथरी हुन्छन् : ए, बी र सी ।

ए टाइपको हातमा साहिली औंला चोरी औंलाभन्दा ठूलो हुन्छ । सामान्यतया लामो चोरी औंला हुने मानिस सुन्दर हुन्छन् । उनीहरूको सुमधुर व्यक्तित्व हुन्छ र उनीहरूलाई मानिसले मन पराउँछन् । तर उनीहरू अलि आक्रामक हुन्छन् र जोखिम मोल्ने खालका हुन्छन् । उनीहरू आफ्ना सहकर्मीको तुलनामा धेरै पैसा कमाउँछन् ।

बी टाइप हात भएकाहरूको साहिँली औंलो चोरी औंलोभन्दा छोटो हुन्छ । यस्ता मान्छे आत्मकेन्द्री खालका हुन्छन् । एक्लै बस्न मन पराउने अनि कसैले कोट्याउँदा चिढिने खालका हुन्छन् । प्रेमको सवालमा उनीहरू प्रायः पहिलो कदम चाल्दैनन् । अनि उनीहरूको ज्ञानेन्द्रिय अरूको भन्दा तीखो हुन्छ ।

सी टाइप हात भएकाहरूको साहिँली औंलो र चोरी औंलो बराबर हुन्छ । यस्ता मान्छेहरू शान्त हुन्छन् । उनीहरू राम्रो मध्यस्थकर्ता हुन्छन् । आफ्नो पार्टनरलाई उनीहरू अत्यन्त प्रेम गर्छन् । उनीहरू अरूभन्दा भावनात्मक रूपमा बढी स्थिर हुन्छन् र हत्तपत्त प्रतिक्रिया जनाउँदैनन् ।
तपाईं पनि आफ्ना साथीभाइको औंला हेरेर व्यक्तित्वका बारेमा थाहा पाउन सक्नुुहन्छ ।
एजेन्सीको सहयोगमा



