मुलुकमै पहिलोपटक अत्याधुनिक सुविधासहितको पशुपन्छी सम्बन्धी शिक्षण अस्पताल सञ्चालनमा आउन लागेको छ । पशु सेवा विभागका महानिर्देशक डा.विमल निर्मलले नेपालमा पहिलोपटक सरकारले अत्याधुनिक सेवा सुविधासम्पन्न शिक्षण अस्पताल निर्माण गरिरहेको जानकारी दिनुभयो।

यो अस्पतालमा सिटी स्क्यान, डिजिटल एक्सरे, अल्ट्रा साउन्ड, इन्डोस्कोपी, ल्यावसहितको एम्वुलेन्स, इमरजेन्सी वार्ड, अन्तर्राष्ट्रिय मापदण्डको शल्यक्रिया कक्ष, पशुपन्छी रोग परीक्षण गर्ने बार्ड, रोगसम्बन्धी विज्ञ चिकित्सक, सीसी क्यामेराको निगरानीलगायत सुविधा उपलब्ध हुनेछन् । ‘पशुपन्छी सम्बन्धी अहिलेसम्म नभएको सेवा, सुविधा, उपचार र जटिलभन्दा जटिल शल्यक्रिया सुविधा अब नेपालमै उपलब्ध गराउन लागेका छौं’, महानिर्देशक निर्मलले भन्नुभयो, ‘यो अस्पतालको निर्माण भएपछि स्वदेशमै पशुपन्छीको जटिल रोगको समस्या समाधान गर्न सक्षम हुनेछौं ।’

पशुपन्छी मन्त्रालयले संघीय संरचनाअनुसार सातवटै प्रदेशमा पशुपन्छीको जनघनत्वलाई आधार बनाएर कम्तीमा एउटा अस्पताल निर्माण गर्न लागेको हो । पहिलो चरणमा प्रदेश नम्बर ३ को काठमाडौंको त्रिपुरेश्वरमा केन्द्रीयस्तरको अस्पताल निर्माण थालिएको छ । केन्द्रीय पशु चिकित्सालयको हाताभित्र १३ करोड ७८ लाख रुपैयाँको लगानीमा साढे चार तल्लाको केन्द्रीय अस्पतालको निर्माण सुरु भएको छ । ‘यसै वर्षमा यसको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना छ’, डा.विमलले भन्नुभयो,‘नेपालमा जटिल प्रकारका रोग र शल्यक्रिया सुविधा उपलब्ध नहुँदा उपचारको अभावमा ठूलो परिमाणमा पशुपन्छी मर्ने र यसले आर्थिक क्षेत्रमा ठूलै नोक्सानी पुर्‍याउने गरेको छ ।’

उहाँका अनुसार केन्द्रीय शिक्षण अस्पतालमा बाख्राखसी र भेडाका लागि चिकित्सकसहितको स्वास्थ्य परीक्षण गर्ने वार्ड, गाईभैंसीका लागि तीन वार्ड, बंगुरका लागि एक, हाँस र कुखुराका लागि दुई, कुकुर रबिरालोका लागि एक, हात्ती र घोडाका लागि एक र अन्य गरी १० वटा वार्ड रहनेछन् । यसैगरी गरी नेपालमा हालसम्म उपलब्ध नभएको जटिल रोगको शल्यक्रिया तथा रोगको अनवेषण सुविधा पनि यही अस्पतालबाट उपलब्ध गराइनेछ ।

गाईभैंसीमा खोरेत, भेडा बाख्रामा पीपीआर, बंगुरमा स्वाइन फिवर, कुखुरामा बर्डफ्लु र रानीखेतको प्रकोप अत्यधिक छ । यस्ता रोगबाट बर्सेनि लाखौंको संख्यामा पशुपन्छी मर्ने गरेका छन् ।

यो अस्पतालमा लुलो लंगडो र खुम्चिने समस्यालगायत उपचार सेवा उपलब्ध गराइनेछ । केन्द्रीय पशु चिकित्सालयका वरिष्ठ चिकित्सक डा.रामकुमार मण्डलका अनुसार यो अस्पतालबाट ग्रामीण क्षेत्र, जिल्लास्थित पशु सेवा कार्यालय र पशुपन्छी प्रयोगशाला र सातै प्रदेशका अस्पताललाई टेलिमेडिसिएनको सुविधा उपलब्ध हुनेछ । पशुपन्छीसम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई व्यावहारिक ज्ञानसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

पशुपन्छी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले यस्तै सुविधा भएको अस्पताल प्रदेश नम्बर ३ को चितवनमा पनि चालू आर्थिक वर्षमा निर्माण गरिने जानकारी दिनुभयो । प्रदेश नम्बर २ को जनकपुरमा निर्माण कार्य सुरु भइसकेको छ । यस्तै यसै वर्ष प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर ४ को कास्की, प्रदेश नम्बर ५ को भैरहवा र नेपालगन्ज, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कैलालीमा पनि यस्तै अस्पतालको निर्माण गर्न लागिएको छ । प्रादेशिक स्तरमा एउटा शिक्षण अस्पतालका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मन्त्रालयका अनुसार गाईभैंसीमा खोरेत, भेडा बाख्रामा पीपीआर, बंगुरमा स्वाइन फिवर, कुखुरामा बर्डफ्लु र रानीखेतको प्रकोप अत्यधिक छ । यस्ता रोगबाट बर्सेनि लाखौंको संख्यामा पशुपन्छी मर्ने गरेका छन् । यसका कारण किसानले ठूलो घाटा व्यहोर्नुपरेको छ । नेपालमा ७२ लाख गाई छन् । यसमध्ये १० लाख दूधालु छन् । ५२ लाखको संख्यामा रहेका भैंसीमध्ये १२ लाखले दूध दिन्छ । एक करोड १० लाखको संख्यामा बाख्रा र खसीबोका छन् । यस्तै भेडा १० लाख, बंगुर १२ लाख र हाँस कुखुरा आठ लाखको संख्यामा छन् । अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah