
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन्। बिष्टसँग प्रतिस्पर्धामा रहेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री पराजित भएकी छिन्। बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाएकी हुन्। बिष्टसंगको हार स्वीकार गर्दै झाँक्रीले निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रहेको प्रतिक्रिया दिएकि छिन् । उनले निर्वाचनबाट विश्वविद्यालयमा पढेभन्दा बढी ज्ञान पाएको पनि बताएकि छिन् ।
बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत् भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’
यसअघि नेकपाबाट चुनाव जितेकी झाँक्रीले अहिले नेकपा एसबाट सत्तागठबन्धनकाे साझा उम्मेदवार बनेर चुनाव लडेकि थिइन् ।
उनले लेखेकि छन्,
यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरीएको रहेछ त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु। साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।