काठमाडाैं, २० साउन – तपाईं प्रहरी जवान, हवल्दार, असइ वा सइ हो ? हो भने कुर्दै गर्नुहोला तपाइको गृहमन्त्री सङग भेट हुन पनि सक्छ ।
संघीय प्रहरी ऐन निर्माणको क्रममा गृह मन्त्रीले तल्लो तहको प्रहरी कर्मचारीलाई भेट्न लागेको बताएका छन् ।
गृहमन्त्री जनार्दन शर्माले सिंह दरवारमा पत्रकारहरुसँग छलफल गर्दै उच्च तहका प्रहरी कर्मचारीसँग छलफल भैसकेकोले अब जवानहरुलार्इ पनि भेट्ने बताए ।
संघीय प्रणलीमा प्रहरीलाई कस्तो बनाउने भन्ने सवालमा उनले तल्लो तहका प्रहरीहरुसँग पनि छलफल गर्न खोजेका हुन् ।
अहिले गृह मन्त्रालयले संघीय संरचनामा प्रहरीलाई ढाल्नको लागि गृहकार्य गरिरहेको छ । मन्त्रालयका अनुसार संघीय प्रहरी ऐनको मस्यौदा समेत बनिरहेको छ । लोकान्तर बाट साभार



