https://www.youtube.com/watch?v=mo3-fVJGdT0

बिष्णुप्रसाद पोखरेल
दमक/दमक उद्योग बाणिज्य संघले आफ्ना सदस्य र सदस्य परिवारको स्वास्थ्य सुविधाका लागि महत्वपूर्ण काम गरेको छ । यसमा दमकको आम्दा अस्पतालले साथ दिएको छ ।

वाणिज्य संघको पहलमा आम्दा अस्पतालले बाणिज्य संघका सदस्यलाइ मात्र नभएर सदस्यमा आश्रित परिवारका सदस्यहरुलाइ नै स्वास्थ्य सेवामा पचास प्रतिशतसम्म छूटको ब्यवस्था मिलाएको हो ।

शुक्रबार बाणिज्य संघमा यस बिषयमा आम्दा अस्पतालका मेसु डा. नबिन ढकाल र बाणिज्य सघका अध्यक्ष राजेन्द्र ढकालबीच द्धिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर नै भएको छ । यो हस्ताक्षर भएसंगै लागु समेत भएको छ ।

बाणिज्य सघका अध्यक्ष ढकालका अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरुको बेड जार्चमा, अस्पातालमबाट उपलब्ध हुने निदानात्मक तथा ल्याव, एक्सरे,इसिजि परिक्षणमा, अपरेशन प्रोसिडियुर सेवा शुल्कमा ५० प्रतिशत छुट हुने भएकोछ । ल्याप्रोस्कोपीमा भने २५ प्रतिशत छुट हुने उल्लेख छ ।

अपरेशन गर्दा आवश्यक पर्ने एनेस्थिसया जार्च नियमअनुसार लाग्ने र औषधिमा भने पाँच प्रतिशत छुट हुने भनिएको छ । ओपिडि र आकस्मिक सेवामा पनि ५० प्रतिशत छुट गरिएको अस्पतालका प्रशासकिय प्रमुख भीम धमालालले बताएकाछन् ।

हरेक सेवा लिदा चिकित्सको प्रिकिप्सन भने अनिवार्य गरिएको छ । यसका लागि बाणिज्य संघको सदस्य र प्रमाणिकरण गरिएका सदस्यहरु हुनुपर्नेछ । अस्पतालका मेसु डा. नबिन ढकालले सुरक्षाकर्मीको परिवारले दिइदै आएको सुबिधा अब बाणिज्य संघका सदस्य र यसका परिवारले पनि पाउनेछन् ।

बाणिज्य संघका अनुसार बाणिज्य संघको सदस्य र सदस्यता प्रतेकबर्ष नविकरण गरेको ब्यापारीले मात्र यो सुविधा पाउनेछन् । बाणिज्य संघमा नविकरण नगरेका ब्यापारीहरुले यो सुविधा पाउने छैनन् ।

तत्काल आएर नविकरण नगर्ने ब्यापारीहरुलाइ नविकरण गर्नका लागि बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले आग्रह गरे । उनले यो सेवाले ब्यवसायिहरुलाइ धेरै राहत हुने अपेक्षा रहेको बताए ।

बाणिज्य संघका द्धितिय उपाध्यक्ष युवराज घिमिरेले अहिलेसम्म बाणिज्य संघले सदस्यहरुका लागि यो एउटा उपलब्धि भएको जनाए । स्वास्थ्य सेवा महगो बन्दै गएको अवस्थामा ब्यवसायिको परिवारमा यसले राहत मिल्नेअ अपेक्षा रहेको उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=mo3-fVJGdT0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah