भरतपुर:चितवन भरतपुर महानगरपालिका वडा नं: १९ को मतगणना सिसि टिभीको निगरानीमा गरिने भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा ७५.५८ प्रतिशत मतदान भएको छ ।

तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।
किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८ मतदाता मध्ये ९५३ मत खसेको छ । जीवनज्योति स्कूल गुञ्जानगरमा १ हजार ३ सय ६ मतदाता मध्ये १०१४ मत र शारदानगर माविमा एक हजार २ सय ४३ मध्ये ९०३ मत खसेको छ ।

यो वडामा कुल ३ हजार ७ सय ९७ मतदाता छन् । यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो ।

मतगणनास्थल भरतपुरस्थित कबर्डहलमा निगरानीका लागि शुक्रबार चारवटा सिसि टिभी जडान गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताएका छन् ।निर्वाचन अधिकृत घिमिरेले राजनीतिक दलका प्रतिनिधिहरुलाई यस पटक कडा निगरानी राखिने जानकारी दिए ।

घिमिरले वडा नम्बर १९ र २० को मत गन्ने क्रममा राजनीतिक दलका प्रतिनिधिहरुलाई जालीवाला तारको घेरामा राखिने बताए । जालीयुक्त तारको एकातिर दलका प्रतिनिधिलार्इ राखिने तयारी भएकाले मतपत्रमा च्यातिने सम्भावना नरहेको उनले बताए । वैशाख ३१ गते भएको निर्वाचनपछि भएको मतगणनामा सुरक्षा निगरानी राम्रो नहुँदा नेकपा माओवादीका केन्द्रका दुर्इ प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

यो पटक त्यो घटना दोहोरिन नदिन सुरक्षाकर्मीले पनि विशेष निगरानी गरिरहेको घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah