बागलुङमा पहिरोमा परी एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ । पहिलोमा परी एक बृद्धा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अभिरल वर्षापछि गएको पहिरोमा परी निशीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चारजनाको मृत्यु भएको हो । मृत्युमा हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी ६३ वर्षीया श्रीमती नन्दकली, २२ वर्षीया बुहारी बिन्दु र १८ वर्षीया छोरी गीता छन् ।

यस्तै ढोरपाटन नगरपालिका–५ मा गएको पहिरोमा परी ओमप्रकाश विकको मृत्यु भएको छ । घरमाथिबाट गएको पहिरोमा पुरिएर विकको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर एक ७० वर्षीया बृद्धा वेपत्ता भएकी छन् । घरमाथिबाट आएको पहिरोले बगाउँदा ७० वर्षीया खगिसरा सिंजाली बेपत्ता भएकी हुन् । -lokaantar.com