भक्तपुर नगरपालिकामा नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरदैलो नर्सिङ सेवा नगरपालिकाले सञ्चालन भइरहेको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार नगरपालिकाभित्र रहेका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि सेवा सञ्चचालन गरिएको हो।

annapurna post

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले नगरवासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने गरी काम गर्दै आएको बताए।

उनले नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरदैलो नर्सिङ सेवा नगरपालिकाले सञ्चालन गर्दै आएको बताए।

उनले स्वास्थ्य बीमाको भुक्तानी समयमा नहुनु, दक्ष जनशक्ति टिकाइ राख्न गाह्रो हुनु, टेन्डर गरेको औषधी समयमा उपलब्ध नहुनु, आर्थिक अभावले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा सिटी स्क्यान र एमआरआई राख्न नसक्नु र ख्वप अस्पतालका लागि सरकारकोतर्फबाट नियमित अनुदानको व्यवस्था नहुनुलगायत भक्तपुर नगरपालिकाका प्रमुख चुनौतीहरू रहेको उल्लेख गरे।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था गरिए पनि जनताको निःशुल्क उपचार पाउन नसकेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय