नीति नियम

मेयर बालेन साहले दिए केपी ओलीलाई चेतावनी


  दमक   सवाल नेपाल   २०७९ मंसिर १४, बुधबार १०:०१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाईकसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । थापाथलीका सुकुम्बासी बस्तीमा भएको डोजर प्रकरणमा ओलीले मंगलबार दिएको अभिव्यक्तिको जवाफ दिँदै मेयर साहले परिस्थिति फेरिएको भन्दै सकेको सहयोग गर्न र नसके अरुलाई नभड्काउन चेतावनी दिएका हुन् ।

मेयर साहले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाएका छन् ।

साह अगाडि लेख्छन्–‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’

सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आरोप छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार