भरतपुरमा यतिखेर सबैको ध्यान केन्द्रित भएको छ । बहु चर्चित वडा नं. १९ को मतगणना कडा सुरक्षा घेरामा भइरहेको छ । एमाले उम्मेद्वार देबी ज्ञवालीले राम्रो मत पाएपछि माओबादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि हंगामा भएको थियो ।

माओबादी केन्द्र र काँग्रेसको तर्फबाट रेणु दाहाल मेयरको उम्मेद्वार रहेकीछन् । उनि माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

अधिकाँश बिश्लेषणमा पछिल्लो पटकमा रेणु दाहालले मत सपारेको भन्ने कुराहरु आइरहेकाछन् । तर देबी ज्ञवालीले पनि आफू जित्ने बताएकाछन् । कस्ले बाजि मार्ला भनेर अन्योल रहेको छ ।

मतगणना स्थल आसापासमा धेरै भिड जम्मा भएपछि ब्यापक सुरक्षाकर्मीहरु परिचालन भएको बताइन्छ । अप्रीय घटना हुन नदिनका लागि सबै उपाय अवलम्बन गरिएको स्थानीय प्रशासनको दाबी छ ।

हारजितको मतान्तर २ सय देखि २ सय ५० सम्म हुने बिश्लेषण गरिएको छ । ७ सयभन्दा बढि मतले देबी ज्ञवाली अघि रहेकाले दाहालले यो घटाएर उछिन्न मुश्किल रहेको छ । तर १० नम्बर वाड नै दुबैजनाको भाग्यको फैसला गर्ने वाड बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah