भरतपुर महानगरपालिकाको वडा नं.१९ को मतगणना जारी छ । शुक्रबार राती ११:३० बजेबाट सुरु भएको मतगणनामा पहिलो चरणमा अहिलेसम्म ४ सय १ मत गणना भएको छ ।

हाल सम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस र माओवादी गठबन्धकी मेयर उम्मेद्वार रेणु दाहालले २ सय ४ मत र नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर १९ मा शुक्रबार मात्र पुनः निर्वाचन भएको हो । शुक्रबार यस वडामा २ हजार ८ सय ७० मत खसेको थियो । यसअघि वैशाख ३१ गतेको निर्वाचनमा भने २ हजार ८ सय ९७ मत खसेको थियो ।
\

यसैगरि वडा नं.२० मतगणना पनि बाँकी रहेको छ । वडा नं.२० मा कुल ४ हजार ३ सय ४१ मतदाता रहेकोमा ३ हजार ३ सय २ मत खसेको थियो । यी दुई वडा गन्नु अघि देवी ज्ञवालीको ४० हजार ९ सय ८० र रेणु दाहालको ४० हजार १ सय ९६ मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah