डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।

शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।