काठमाण्डौको टुँडिखेल छेउमा रहेको महांकाल मन्दिरमा मदिरा यानि रक्सी चढाइन्छ।

सुन्दा अचम्म लाग्न सक्छ तर उक्त मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूले भगवान् लाई प्रसाद स्वरूप मदिरा (रक्सी) चढाउने प्रचलन रहेको छ ।


महांकाल यानकी काल हरुको पनि काल भनेर पुजा गरिने उक्त देवतालाई प्राय: ठूला व्यापारी वा व्यवसाय गर्नेहरूले आफ्नो भाकल पूरा होस् भन्ने कामना राखी भगवानलाई भेटी स्वरूप रक्सी चढाउने प्रचलन रहँदै आएको किंवदन्ती सुनिन्छ ।

उक्त मन्दिरको स्थापना वि.सं २०३४ सालमा ईच्छा हर्ष बज्राचार्यले आफ्ना पितृको सम्झनामा ‘परमेश्वर श्री महाकालको मन्दिर’ नामाकरण गरी मन्दिरको स्थापना गरेका थिए , शिलालेखमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय