भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २ हजार मत गन्दा रेणु दाहालले ३ सय ६७ मतले अग्रता लिइरहनु भएको छ ।
तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ ।
देवी ज्ञवालीले ४१ ह्जार ६ सय ६९ मत प्राप्त गर्नुभएको छ भने रेणु दाहालको मत ४१ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार १ सय ४० मत र दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गर्नुभएको छ ।



