काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।
सङ्घीय संसद् भवनमा आज साेमवार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले अहिले मन्त्रालय तथा मन्त्रीको सङ्ख्याको टुङ्गो लागिनसकेको तर आफ्नो दाबी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताउनुभयो ।
प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद रहेका छन् ।



