बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् ।
तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए ।
पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् ।
दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।



