दिनदिनै हामीले स्वास्थ्यसँग सम्बन्धित ससाना समस्या भोगिरहेका हुन्छौं । अब दिनदिनै डाक्टरकहाँ जान सम्भव पनि हुन्न । एसिडिटी, कब्जियत, टाउको दुखेको, पेट फुल्ने र थकान जस्ता समस्या प्रायः सुन्न पाइन्छ ।

यिनीहरूलाई भगाउन घरेलु उपाय अपनाउनुभयो भने तत्कालै लाभ प्राप्त हुन्छ । यहाँ हामी तपाईंलाई काम लाग्ने टिप्स दिँदैछौं ।

बाडुली
कहिलेकाहीँ बाडुली लागेर बन्दै हुँदैन । यसो हुँदा चिसो पानीले गलगल गर्नुस् वा बरफको टुक्रा चुस्नुस् ।

एसिडिटी
एसिडिटी हुँदा दुईवटा हरिया अलैंचीका दाना निकालेर एक गिलास पानीमा उमाल्नुस् । चिसो भएपछि पिउनुस् ।

चायाँ
दुई चम्चा दहीमा एक चम्चा मेथीको धूलो र एक चम्चा अमलाको धूलो मिसाएर पेस्ट बनाउनुस् र पेस्टलाई आधी घन्टासम्म कपालमा राखेर धुनुस् ।

पेट फुल्दा
धेरै मानिसले पेट फुलेर हैरानी हुन्छ । पेटमा ग्यास भरिएर फुल्ने हो । यस्तो हुँदा एक चम्चा सूपलाइ एक कप तातो पानीमा हालेर १० मिनेटसम्म ढाक्नुस् । यो पानीलाई दिनमा तीनचोटि सेवन गर्नुस् ।

अनिद्रा
सुत्नुभन्दा आधी घन्टाअघि एक गिलास मनतातो पानीमा एक चम्चा स्याउको चूक अमिलो र मह मिसाएर पिउनुस् ।

कब्जियत
राति एक कप तातो दूधमा एक चम्चा अरंडीको तेल हालेर पिउनुस् ।

जिउ दुखेको
एक कप मनतातो पानीमा एक चम्चा मह र आधी चम्चा दालचिनीको धूलो हालेर पिउँदा पनि जिउ दुखेको ठीक हुन्छ ।

थकान
धेरै काम गरेपछि थकान भयो भने डार्क चकलेट खानुस् । ऊर्जा पाउनुहुन्छ ।

माइग्रेन
यसको पीडाबाट छुटकारा पाउन गाईको शुद्ध घिउका दुई थोपा नाकमा हाल्नुस् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय