काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेबीच आज (शनिबार) भेटवार्ता भएको छ ।
भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउने, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था भएकाले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउनका लागि छलफल भइरहेकाे गृहमन्त्रालय स्राेतले जनाएकाे छ ।



