धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रमा ११ सांसद छन् । एमाले नेतृत्वको गठबन्धनमा माओवादीले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । माओवादी केन्द्रको नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय पन बैठकले गरेको जनाइएको छ ।