भरतपुरका पछिल्ला मत परिणामहरु आइरहदा नेकपा एमालेका मेयरका उम्मेद्वार देबीप्रसाद ज्ञावालीले ल्याएको मतलाइ आधार मान्दा उनि डेन्जर जोनमा परेकाछन् । करिब २ सयको मतान्तरमा समेटिने अवस्था आएपछि ज्ञावली डेन्जर जोनमा प्रवेस गरेकाहुन् ।
रेणु दाहाललाइ भने कहि राहत मिलेको छ । १९ नम्बरमा एमालेले आफूले बढि मत पाउने अपेक्षा गरेको थियो । काँग्रेस र माओबादी गठबन्धनले राप्रपाबाट पनि यस वडामा राम्रो मत पाएको देखिएको छ ।
यसले गर्दा दाहालले मतान्तरलाइ छोट्याएर जितको बाटोतर्फ लम्केकीछन् । एमालेका लागि भरतपुरले शुभसंकेत दिएको छैन भने माओबादीका लागि राम्रो आशाको किरण बालिदिएको छ ।
२० नम्बर वाडमा झिनो मतले भएपनि एमालेले आफूले लिड गर्ने बताउदै आएको छ । यस्तो अवस्था आएमा मात्र ज्ञावालीले जित्नेछन् । अन्यथा दाहालको सम्भावाना समेत देखिएको छ ।
१९ नम्बर गणना भइसक्दा २ सय २१ को मतान्तर रहेको छ । यो वाड काँग्रेस र माओबादीको सबैभन्दा राम्रो मत आउने वाड भएकाले नै यस वाडमा लफडा भएको थियो ।



