
काठमाडौं । प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोका आधारमा मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नुहुने छ । त्यसैगरी साढे दुई वर्षपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
माओवादी प्रदेश १ का एक शीर्ष नेताका अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा एमाले र माओवादीबीच लिखित सम्झौता समेत भएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमाले र माओवादीबीच सहमति जुटेसँगै आजै प्रदेश १ मा दुई वा दुई भन्दा बढी दलको समर्थमान एमालेका हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्नुहुने भएको छ ।