काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज (मंगलबार) संघीय संसदमा विश्वासको मत लिन लाग्नुभएकाे छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दाहालले विश्वासको मत लिने हुनुभएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

दाहाल १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हाल्नुभएकाे थियाे।

दाहालले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। उहाँको पक्षमा १६९ मत छ। तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।