प्रदेश १

प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत


  काठमाण्डौ   सवाल नेपाल   २०७९ पुष २९, शुक्रबार १९:५३

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

९३ सदस्यीय प्रदेश सभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार अनुपस्थित हुनुहुन्थ्याे ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले गएकाे चुनावमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गर्दै विश्वासको मत माग्नुभएको थियो ।

गएको आइतवार ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले आज बिहान माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियाे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार